बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरूको सहमति नभएको बताएको छ । पार्टीको संसदीय दलको आज शुक्रवार बिहान सम्पन्न अनौपचारिक बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम भ्रष्टाचारविरुद्ध नरम देखिएको निष्कर्ष निकालेको पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो ।
एमालेसहितको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको धेरै विषय अहिले छुटाइएको र नयाँ नीति कार्यक्रममा भ्रष्टाचारविरुद्ध नरम देखिएको महामन्त्री ढकालले बताउनुभयो । कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषय अघिल्लो गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा राखिए पनि अहिले हटाइएको उहाँले बताउनुभयो ।
यस्तै बलात्कारजन्य घटनाको छिटो छिनोफानो, गैरआवसीय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्ने लगायत महत्त्वपूर्ण विषयहरू हटाइएकाे ढकालकाे भनाइ छ ।
यसैबीच रास्वपा सांसद मनिष झाले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा प्रधानमन्त्रीले फेरबदल गरेको भन्दै संसदमा प्रश्न उठाउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाअघि सहमति जनाएर नीति तथा कार्यक्रममा समावेश भएका विषय अहिले हटाइएको भन्दै त्यस्तो अवस्था हुनुको कारण सार्वजनिक गर्न माग गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।