आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीचमा पार्टी एकता गर्ने निर्णय भएको छ । शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त पत्रकार सम्मेलन गर्दै दुई पार्टीका बीचमा एकता गर्ने निर्णय भएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा नेकपा (मसाल) सँग पनि एकताका लागि वार्ता चलिरहेकाले मसालसँग पनि एकता हुने बताइएको छ । पार्टी एकताको आधारहरू मार्क्स–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रियताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्यलगायत पार्टी एकताका आधारहरू रहेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले जानकारी दिनुभयो । उहाँले पार्टी एकतासँगै नयाँ क्रान्तिको सुरुवात गर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिस्ट र वामपन्थीहरू सङ्गठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले सबै कम्युनिस्टहरूलाई एकता प्रक्रियाभन्दा बाहिर नबस्न आग्रह गर्नुभयो । उहाँले अब क्रान्तिकारी कम्युनिस्टहरू देशको मूल प्रवाह बन्ने दाबी गर्नुभयाे ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरू एकताबद्ध हुन लागेको बताउनुभयो ।
पार्टी एकताको घोषणा भने आउँदाे अन्तर्राष्ट्रिय मजदुर दिवसको दिनमा गरिने जानकारी गराइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।