आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्नुभएको छ । काठमाण्डौमा पत्रकार सम्मेलन गरेर उहाँले पार्टीको सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै पार्टीको साधारण सदस्य समेत नरहेको घोषणा गर्नुभएको हो ।
भविष्य नभएको पार्टीको नेता हुनभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्त्वपूर्ण कुरा हो भन्ने भनाइलाई आत्मसात् गरेर पार्टी परित्याग गरेको उहाँले बताउनुभएको छ । उहाँले नेकपा एकीकृत समाजवादी ‘पिँध बिनाको बाल्टी’को अवस्थामा रहेको टिप्पणी गर्नुभयो । अहिले एकीकृत समाजवादीका नेताहरु सांसदको लागि झगडा गर्ने सांसद पाउनासाथ मन्त्री बन्न मरिहत्ते गर्ने अनि जति खाए पनि नअघाउने खालका भएका समेत टिप्पणी गर्नुभयो ।
उहाँले गएको माघ २१ र २२ गतेको केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखी छलफलको लागि माग गरे पनि अहिलेसम्म कुनै पनि छलफल नभएको गुनासो पनि गर्नुभयो । सम्मानित पद दिए एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समेत एमालेमा नै फर्किने मनस्थितिमा रहेको दावी गर्दै उहाँले आफू पनि एमालेमा फर्कने संकेत गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।