इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा पनि नेपाल भियतनामसँग पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भएको हो ।
नेपालले सुरुको ६ मिनेटभित्रै दुई गोल खाएको थियो । यसअघि गएको बुधवार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको थियो । हारसँगै नेपाल छनोटको अघिल्लो चरण पुग्न असफल भएको छ । भियतनामले भने दोस्रो चरणमा स्थान बनाएको छ ।
छनोटको समूह ‘सी’ मा प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।