प्रधानमन्त्री प्रचण्ड एमाले सचिव लेखराज भट्टको घरमा, आफ्नै घरजस्तो लागेको भनाइ

 चैत २६, २०७९ आइतबार १३:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका सचिव एवम् माओवादीका पूर्वनेता लेखराज भट्टको घरमा पुग्नुभएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री प्रचण्ड धनगढीको गेटा विमानस्थलबाट सिधै भट्टको निवासमा जानुभएको हो । प्रचण्डले भट्टसँगै उहाँका परिवारका सदस्यसँग कुराकानी गर्नुभएको छ भने फलफूल खाएर छुट्टिनुभएको छ ।

युद्धको समय र त्यसपछि पनि प्रचण्ड भट्टको घरमा बस्नुहुन्थ्यो । भट्टको घरमा प्रचण्डका लागि छुट्टै कोठा पनि थियो । प्रचण्डका निकट मानिने भट्टले अहिले पार्टी फरक भए पनि पुराना अग्रज नेताको रूपमा प्रचण्डलाई घरमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ ।

यस्तै प्रधानमन्त्री प्रचण्डले पनि भट्टको घर अहिले पनि आफ्नैजस्तो लाग्ने गरेको उल्लेख गर्नुभयो । माओवादीका प्रभावशालीमध्येका एक नेता भट्ट एमाले र माओवादी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी विभाजन हुँदा माओवादी छाडेर एमालेमै बस्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया