आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित : दिल्लीको लगातार चौथो हार

 चैत २९, २०७९ बुधबार ६:२५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । गएराति दिल्लीमा भएको खेलमा मुम्बईले घरेलु टोलीलाई ६ विकेटले हरायो ।

दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले ४ विकेट गुमाएर भेट्टायो । मुम्बईका कप्तान रोहित शर्माले ६५ रन बनाए । तिलक बर्माले ४१ रन जोडे । दिल्लीका मुकेश कुमारले २ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७२ रन बनायो । दिल्लीका कप्तान डेविड वार्नरले ५१ रन तथा अक्षर पटेलले ५४ रन जोडे । मुम्बईका पीयुष चावला र जेशन बेरेनडर्फले समान ३/३ विकेट लिए ।

पहिलो खेलमा दिल्ली लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लारसँग र दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

मुम्बई २ अंकका साथ आठौं स्थानमा छ । चार खेलमा अंकबिहीन दिल्ली पुछारमा छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया