भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ३–१ गोलले हराएको छ । गएराति भएको खेलमा सिटीको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । जोन स्टोन्सले एक गोल गरे ।
लेस्टर सिटीका केलिची इहानाचोले एक गोल फर्काए । जितसँगै सिटीले ३० खेलमा ७० अङ्क जोडेको छ । सिटी दोस्रो स्थानमा रहेको छ । लेस्टर २५ अङ्कसहित १९औँ स्थानमा छ । समान ३० खेलमा ७३ अङ्क रहेको आर्सनल शीर्षस्थानमा कायमै छ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा हिजो भएको खेलमा टोटनह्याम र चेल्सी पराजित भएका छन् । टोटनह्यामलाई बर्नमाउथले ३–२ गोलले हराएको हो । बर्नमाउथका माटियस भिना, डोमिनिक सोलान्के र डान्गो ओटाराले एक/एक गोल गरे ।
टोटनह्यामका सन ह्युङ मिन र अर्नुट डान्जुमाले एक/एक गोल फर्काए । जितसँगै बर्नमाउथले ३१ खेलमा ३३ अङ्क जोडेको छ । बर्नमाउथ १४औँ स्थानमा छ । पाँचौँ स्थानको टोटनह्यामले ३१ खेलमा ५३ अङ्क जोडेको छ ।
अर्को खेलमा चेल्सी पराजित भयो । चेल्सीलाई ब्राइटनले २–१ गोलले हराएको हो । घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो । खेलको १३औँ मिनेटमा कोनर गल्लाघेरले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४२औँ मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ६९औँ मिनेटमा जुलिओ एन्सिसोले गोल गर्दै ब्राइटनलाई २–१ गोलको जित दिलाए ।
जितसँगै ब्राइटनले २९ खेलमा ४९ अङ्क जोडेको छ । ब्राइटन सातौँ स्थानमा रहेको छ । चेल्सी ३१ खेलमा ३९ अङ्क जोडेर ११औँ स्थानमा रहेको छ । अरु खेलमा उल्भ्सले ब्रेन्टफोर्डलाई र क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई समान २–० गोलले तथा फुलह्यामले एभर्टनलाई ३–१ गोलले हराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।