एसीसी प्रिमियर कपमा बहराइनकाे विजयी सुरुवात, सिङ्गापुरलाई १ सय ३२ रनले हरायाे

 वैशाख ७, २०८० बिहीबार १७:२५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपमा बहराइनले विजयी सुरुवात गरेकाे छ । आज बिहीवार भएकाे खेलमा बहराइनले सिङ्गापुरलाई एक सय ३२ रनकाे फराकिलाे अन्तरले हरायाे । 

बहराइनले दिएकाे दुई सय ८७ रनकाे लक्ष्य पछ्याएकाे सिङ्गापुर ४३ ओभर एक बलमा एक सय ५४ रन बनाउँदा अलआउट भयाे । उसका सुरेन्द्रन चन्दरमाेहनले सर्वाधिक ५१ रन बनाए । बहराइनका इमरान अनवारले चार, रिजवान बटले तीन र अब्दुल मजिदले दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे बहराइनले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८६ रन बनायाे । उसका फैज अहमदले ७९, शहबाज बदरले ७६ र साेहेल अहमदले ४६ रन बनाए । सिङ्गापुरका रमेश कलिमुथु, थिलिपन ओमाइदुराई र विनाेथ बसकरनले दुई/दुई विकेट लिए ।

याे जितसँगै समूह 'बी' मा रहेकाे बहराइन दुई अङ्क जाेडेर तालिकाकाे दाेस्राे स्थानमा छ ।

एसीसी प्रिमियर कपको समूह 'ए' मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया