आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएकाे छ ।
पाैडेलकाे उपचारमा संलग्न डाक्टरहरूले आज (बिहीवार) उहाँकाे अवस्था सुधार हुँदै गएकाे जानकारी दिनुभएको नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासले जनाएको छ । नयाँ दिल्लीमा रहेकाे अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा राष्ट्रपति पौडेलको उपचार भइरहेकाे छ । उहाँ उपचारका लागि हिजाे (बुधवार) नयाँ दिल्ली जानुभएको हो ।
नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा
सङ्क्रमण देखिएको थियो ।
राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना डाक्टरकाे टोली छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bishal Nepal
April 20, 2023, 8:10 p.m.ahile ko rastraputi ram chandra india ma upachar garna gayeko bela utai basos Nepal na farkiyos.. natra u nepal farkiyo bhane nagarikta yen turuntai pass gari incha.