एसीसी प्रिमियर कपमा हङकङले यूएईलाई हरायाे

 वैशाख ८, २०८० शुक्रबार १७:३०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपमा हङकङले यूएईलाई हराएकाे छ । शुक्रवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा हङकङले यूएईलाई डकवर्थ लुइस स्ट्रेन (डीएलएस) पद्धतिअनुसार ६७ रनले हरायाे । 

हङकङले दिएकाे दुई सय ६४ रनकाे लक्ष्य पछ्याएर ब्याटिङ थालेकाे यूएईले २७ ओभरमा छ विकेट गुमाएर एक सय १७ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएपछि डीएसएस पद्धतिअनुसार हङकङ ६७ रनले विजयी भएकाे हाे । यूएईका लागि आर्यन लाक्राले नटआउट ५२ र रमीज शहजादले ३४ रन बनाए । हङकङका एहसान खानले दुई विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेकाे हङकङले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ६३ रन बनायाे । हङकङका लागि यान्सी रथले शतक बनाए । यस्तै किन्चित शाहले ३५ रन बनाए । यूएईका आयन अफजल खानले पाँच विकेट लिए ।

याे जितसँगै समूह 'बी' मा रहेकाे हङकङ दुई खेलमा चार अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । 

एसीसी प्रिमियर कपको समूह 'ए' मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया