भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई १३ रनले हराएको छ । गएराति भएको खेलमा पञ्जाबले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनायो ।
मुम्बईका सूर्यकुमार यादव र क्यामरुन ग्रीनले अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । ग्रीनले सर्वाधिक ६७ रन बनाए । सूर्यकुमार ५७ रनमा आउट भए । कप्तान रोहित शर्माले ४४ रन जोडे । पञ्जाबका अर्शदीप सिंहले ४ तथा लियम लिबिङ्स्टोन, नाथन एलिसले १/१ विकेट लिए । त्यसअघि वाङखडे मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो ।
पञ्जाबका कप्तान साम करनले सर्वाधिक ५५ रन बनाए । हरप्रित सिंहले ४१ रन जोडे । मुम्बईका पियूष चावला र क्यामरुन ग्रीनले समान २/२ र जेसन बेहरानड्राफ्ट, जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करले समान १/१ विकेट लिए ।
सात खेलमा चार जितसहित पञ्जाब अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । छैटौँ खेलमा तेस्रो हार ब्यहोरेको मुम्बई अङ्क तालिकाको सातौँ स्थानमा छ । हिजो भएको पहिलो खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ७ रनले हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।