एसीसी प्रिमियर कपमा ओमानले मलेसियालाई ८ विकेटले हरायाे

 वैशाख १०, २०८० आइतबार १६:२०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपमा ओमानले मलेसियालाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा ओमानले मलेसियालाई आठ विकेटले हरायाे ।

मलेसियाले दिएकाे दुई सय २८ रनकाे लक्ष्य ओमानले ४१ ओभर ४ बलमा दुई विकेट गुमाएर भेटायाे । ओमानका जतिन्दर सिंहले नटआउट एक सय एक रन बनाए । यस्तै कश्यप प्रजापतिले ६६ र कप्तान जेशान मक्सुदले नटआउट ५२ रन बनाए । मलेसियाका मुहम्मद आमिरले दुई विकेट लिए । 

यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय २७ रन बनायाे । मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रन बनाए । यस्तै मुहमद सयाहदतले ५५ रन बनाए । ‌ओमानका जेशान मक्सूदले चार विकेट लिए । 

याे जितसँगै समूह 'ए' मा रहेकाे ओमान तीन खेलमा चार अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । मलेसिया तीन खेलमा दुई अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ ।

एसीसी प्रिमियर कपको समूह 'ए' मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया