एसीसी प्रिमियर कप : कुवेतसँगको खेलमा सिङ्गापुर १ सय १३ रनमा अलआउट

 वैशाख १२, २०८० मंगलबार ११:५९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेटमा कुवेतसँगको खेलमा सिङ्गापुर १ सय १३ रनमा अलआउट भएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ३१ ओभर ४ बलमा अलआउट भयो ।

सिङ्गापुरका लागि अर्मत्य कौलले सर्वाधिक ४५ रन बनाए । मनप्रित सिंहले २८ रन जोडे । त्यस्तै थिलिपन उमरदुराईले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कुवेतका मोहम्मद अस्लामले ५ विकेट लिए । त्यस्तै शिराज खानले ३ विकेट लिए । सिङ्गापुरले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको कुवेतले केहीबेरमा ब्याटिङ गर्दैछ ।

आजको अर्को खेलमा मूलपानीमा समूह ‘ए’ का मलेसिया र कतार खेल्दैछन् । तर मैदान ओसिलो भएकाले टसमा ढिलाइ भइरहेको छ । समूह ‘ए’ बाट नेपाल र समूह ‘बी’ बाट हङकङ सेमिफाइनल प्रवेश गरिसकेका छन् । प्रतियोगितामा सहभागी १० देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर , हङकङ र यूएई रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदो सेप्टेम्बरमा हुनेछ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया