पूर्वमन्त्री डा रिजालद्वारा बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग

 वैशाख १६, २०८० शनिबार १८:२४:११ | रासस
unn.prixa.net

फाइल फाेटाे

झापा – दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ प्रदान गर्नुभएको छ । 

आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उहाँले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहनुभएका काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा भगवान् कोइरालालाई चेक प्रदान गर्नुभयो ।

रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यवाहक प्रमुख भीमप्रसाद पौडेलको रोहवरमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका डा रिजालले बाल अस्पताललाई सहयोग पुर्‍याउन आफूले स्वेच्छिक सहयोग पुर्‍याएको बताउनुभयो । 

उहाँले समाजका लागि दिने योगदानले भावी सन्ततिको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले त्यसअघि अस्पतालको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो । सो अवसरमा अस्पताल सञ्चालन पक्ष र पुण्यश्री फाउन्डेसनबीच सीमान्तकृत एवं विपन्न समुदायका बालबालिकाको स्वास्थ्योपचार सेवासम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ । 

कार्यक्रममा डा कोइरालाले बाल मृत्युदर घटाउने सरकारको अभियानमा सहयोग पुर्‍याउनकै लागि देशका सातवटै प्रदेशमा कम्तीमा एक–एकवटा यस किसिमका बाल विशिष्टिकृत अस्पताल सञ्चालनको अवधारणा ल्याइएको बताउनुभयो । 

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखासँगको सहयोगमा दमकमा सञ्चालन आएको सो अस्पतालमा बालबालिकाका सबै रोगहरूको उपचार गर्ने विशिष्ट किसिमको अस्पतालका रूपमा यसले सेवा पुर्‍याउँदै आएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • BhanuBhakta Paudel

    April 29, 2023, 7:33 p.m.

    पूर्वमन्त्री डा. रिजाल ज्यु लाई धन्यवाद, अस्पताल जस्तो पवित्र ठाउँमा यति धेरै रकम पचास लाख सहयोग गरेकोमा,उहाँलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु 🙏🙏🙏 तर यो पनि प्रश्न उठाउन चाहन्छु कि जीवन भरि जागिर गर्ने कर्मचारी सँग त यतिका धेरै पैसा हुदैन तर एउटा राजनिती गर्ने पार्टीको नेतासँग यतिका धेरै पैसा कहाँबाट आयो, यो पैसाको स्रोत के हो ?

  •  0 Reply
  • BhanuBhakta Paudel

    April 29, 2023, 7:27 p.m.

    सहयोग गर्नु भो एकदम राम्रो कुरा उहाँलाई मैले सलुट गर्छु अस्पताल जस्तो पवित्र ठाउमा यति धेरै रकम सहयोग गरेकोमा 🙏🙏🙏 तर यो पनि प्रश्न गर्न चाहन्छु कि राजनीति गर्ने नेतासँग सहयोग गर्ने यतिका धेरै पैसा कहाँबाट आयो, यो पैसाको स्रोत के हो ???

  •  0 Reply

तपाईको प्रतिक्रिया