परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएराति गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद विजयी भएका छन् । पहिलो खेलमा गुजरात टाइटन्सले काेलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । काेलकाताले दिएको १ सय ८० रनको लक्ष्य गुजरातले १३ बल अघि नै जम्मा ३ विकेट गुमाएर भेट्टायो ।
गुजरातको लागि विजय शंकरले ५१, शुभमन गिलले ४९ र डेविड मिलरले ३२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको काेलकाताका रहमानुल्लाह गुरबाजले ८१ रन बनाएका थिए । गुजरात ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ भने ९ खेलमा ६ अङ्क जोडेको काेलकाता सातौँ स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ९ रनले हराएको छ । हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले ६ विकेट गुमाएर १ सय ८८ रन मात्रै बनायो । उसका लागि मिचेल मार्सले ६३ र फिल साल्टले ५९ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको हैदराबादका अभिषेक शर्माले ६७ र हेनरिक क्लासेनले ५९ रन बनाए । जितपछि हैदराबाद आठौँ स्थानमा छ भने दिल्ली पुछारमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।