अर्घाखाँचीमा बसको ठक्करबाट एक जना बालिकाको ज्यान गयो, एक जना...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई हराएको छ ।
आज मङ्गलवार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा पुलिसले जावलाखेललाई २–१ गोलले हराएको हो । पुलिसका लागि मोसेस ग्याबाह र महमद हिजाजीले गोल गरे भने जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । जितसँगै पुलिस १५ अङ्कसहित तालिकाकाे दशौँ स्थानमा पुगेको छ । शीर्ष स्थानको जावलाखेलको २४ अङ्क रहेको छ ।
आजै च्यासल मैदानमा भएकाे खेलमा थ्री स्टार क्लब र खुमलटार एफसीले २–२ गोलको बराबरी खेलेका छन् । थ्री स्टारका लागि लाकेन लिम्बु र आदित्य शाक्यले गोल गरे । खुमलटारका लागि मेसुके ओलोमोउ र स्टेफन समिर विनोङले गोल गरे । थ्री स्टार २३ अङ्कसहित दोस्रो स्थानमा र खुमलटार १४ अङ्कसहित पुछारमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।