सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे

 वैशाख २४, २०८० आइतबार १९:४१:४६ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सङ्खुवासभा - सङ्खुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज बिहान चैनपुर–९ खाम्लिङका मन बहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । 

मनबहादुरका छोरा नौ वर्षीय मनधोज, आठ वर्षीय राजेन्द्र, पाँच वर्षीय निमसाङ र छोरी तीन वर्षीया सुपरिना घरनजिकै अचेत अवस्थामा फेला परेका प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।

बिहान घरमै छाडेर मेलापात गएका मनबहादुर घर फर्किंदा छोराछोरी अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

अचेत अवस्थामा फेला परेका एक छोरा र एक छोरीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरू जङ्गली खाने कुरा खाएर बिरामी परेको हुन सक्ने प्रहरीको अनुमान छ। 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया