‘टुकुचा खोला नै हो तर खोलामाथिको सम्पत्ति व्यक्तिगत हो’

 वैशाख २५, २०८० सोमबार ६:४५:५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - उच्च अदालत पाटनले काठमाण्डाैको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भए पनि खोलामाथिको सम्पत्ति व्यक्तिगत सम्पत्ति ठहर गरेको छ ।

न्यायाधीशहरू महेश शर्मा पौड्याल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले गएकाे माघ १८ गते सुनाएको फैसलाको हिजाे सार्वजनिक गरिएको पूर्णपाठमा टुकुचा खोला भएको भए पनि खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएको हुँदा राज्यले हस्तक्षेप गर्न नपाउने उल्लेख छ ।

फैसलामा भनिएको छ, 'टुकुचा (इच्छुमती) खोला र बाग्मतीको सहायक नदी रहेको र यति लामो बहाव रहेको अवस्थामा यस खोलालाई खोल्सा वा ढल हो भनी विद्वान कानुन व्यवसायीहरूले लिएको जिकिर मनासिब देखिँदैन ।'

जग्गाधनी दर्ता प्रमाण पुर्जाबाट निवेदनमा उल्लिखित जग्गा निवेदकको हकको भन्ने देखिएको र साे स्रेस्ता बदर नभइ यथावत् कायम रहेको अवस्थामा निवेदकको सहमति वा क्षतिपूर्ति नदिइ सो जग्गामा रहेको संरचनामा असर पर्ने गरी कुनै कार्य नगर्न/नगराउन फैसलामा भनिएको छ ।

काठमाण्डाै महानगरपालिकाले गएकाे भदौ ३० मा टुकुचा खोला उत्खनन गर्न थालेपछि काठमाण्डाै महानगरपालिका–१ का विश्वप्रकाश साखले निजी सम्पत्तिमा हस्तक्षेप भएको उल्लेख गर्दै रोक्न आदेश माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।
    
खोलामा भूमिगत संरचना निर्माण गरिएपछि खोलामाथिको जमिन व्यक्तिका नाउँमा दर्ता भएको देखिएको उच्च अदालतले टुकुचा खोलालाई खुलारूपमा प्राकृतिक स्वरूपमा ल्याउन आवश्यक छ वा छैन र ल्याउन आवश्यक भएमा त्यहाँ बनेका पुरातात्विक महत्त्वको गुम्बजको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञसहितको छलफल आवश्यक भएको फैसलामा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • एम,पि,खनाल "सन्तुष्टि"

    May 10, 2023, 2:29 p.m.

    न्यायाधीश ज्युहरु , एउटा कुरा कान खोलेर सुन्नुस,, (महेश शर्मा पौड्याल , राज्यलक्ष्मी बज्राचार्य ) फैसला सुनाउदा अलिकती लाज त लाग्नुपर्ने होनि हिइन र,? आर्थिक लेनदेनले बाध्यता परेको भए अलग कुरा नत्र अबदेखी मैले जग्गा किन्ने सपना आजैदेखी छोडिदिए किनकी,तपाईंहरुको घरको छतमा जतिसुकै तला थपेर बस्न पनि त पसिने भयो हैन त? घर र जग्गापो तपाईंहरुको अमि त्यसमाथि थपिने घर त स्वत : मेरो हुनेभयो हैन्त?

  •  0 Reply
  • रवि अस्त

    May 10, 2023, 6:30 a.m.

    हो.इन कुरा ठिक साँचो हो!

  •  0 Reply
  • Suraj

    May 8, 2023, 10:04 p.m.

    गजब को कानुन, मैले चै पढेर पनि बुझिन, खोला होरे, खोला माथि को घर जग्गा चै व्यक्तिगत होरे, यो कसरि सम्भब छ लौन कसै ले बुझाईदिनु न मलाई

  •  0 Reply
  • Parbat Timsina

    May 8, 2023, 10:27 a.m.

    हैन अदालतको आदेस कस्तो अचम्म? खोलो भनेको सार्बजनिक जग्गा होइन र अनि खोलो माथी बनाईयेको घर टहरा चाई ब्याकिगत हुन्छ रे बाई🤣

  •  0 Reply

तपाईको प्रतिक्रिया