आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराएको छ । कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य राजस्थानले १३ ओभर १ बलमा भेट्टायो ।
राजस्थानका यशस्वी जैशवाल ९८ रनमा अविजित रहे । उनले १३ बलमै अर्धशतक पूरा गरेका थिए । कप्तान सन्जु स्यामसनले ४८ रन बनाए । त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।
उसका वेंकटेश ऐरले सर्वाधिक ५७ रन जोडे । अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । राजस्थानका युजवेन्द्र चहलले ४ विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्टले २ विकेट लिए । जितसँगै राजस्थान १२ खेलमा १२ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ । कोलकाता १२ खेलमा १० अङ्कका साथ सातौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।