काभा महिला भलिबल : बङ्गलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

 जेठ ९, २०८० मंगलबार १६:३७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा पुगेको छ ।

आज मङ्गलवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा बङ्गलादेशलाई ३–० को सोझो सेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । नेपालले पहिलो सेट २५–१०, दोस्रो सेट २५–८ तेस्रो सेट २५– ९ ले जित्यो ।

नेपालले हिजो साेमवार किर्गिस्तानलाई हराएको थियो । नेपालसँगै समूह 'ए' बाट भारत पनि अन्तिम चारमा पुगेको छ । भारतले हिजो बङ्गलादेशलाई र आज किर्गिस्तानलाई हराएको हो ।

आजै भएको दोस्रो खेलमा काजकिस्तानले श्रीलङ्कालाई ३–१ को सेटमा हराएको छ । काजकिस्तानले पनि आज लगातार दोस्रो खेल जितेर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आजै बेलुका साढे ६ बजे उज्वेकिस्तान र माल्दिभ्सबीच खेल हुनेछ ।

प्रतियाेगितामा नेपाल र भारत भोलि बुधवार खेल्नेछन् । भोलि जित्ने टोली समूह विजेता बन्नेछ ।

प्रतियोगितामा आठ टोली सहभागी छन् । समूह 'ए' मा घरेलु टोली नेपालसहित भारत, बङ्गलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह 'बी' मा श्रीलङ्का, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् ।

राउन्ड रोबिन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया