बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्...
मंसिर १५, २०८१ शनिबार
युएई – गैर आवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वको छैठौं क्षेत्रीय सम्मेलन आउँदो भदौ ८ र ९ गते युएईमा हुने भएको छ ।
मध्यपूर्वका १२ देशका एनसिसी तथा आइसिसी प्रतिनिधिको सहभागीतामा हुन लागेको सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली कामदारका विभिन्न विषयमा छलफल सहित घोषणापत्र जारी गर्ने एनआरएनए मध्यपूर्व क्षेत्रीय समितिका उपसंयोजक गोपाल कंडेलले जानकारी दिनुभयो ।
यसअघि भएका कार्यक्रम छलफलमा मात्र सिमित भएको र यो पटक सृजनशील र उपलब्धिमूलक बनाउने गरि लागि परेका उहाँले बताउनुभयो ।
सम्मेलनमा सुरक्षित वैदेशिक रोजगारी, घरेलु महिला कामदारका समस्या र विभिन्न आरोपमा मध्यपूर्वका देशका जेलका रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने लगायतका एजेण्डामा सरकारी निकायसँग समन्वय गरी छलफल गरिने संघले जनाएको छ ।
छलफलको नारालाई अन्तिम रुप दिन बाँकी छ । कार्यक्रममा नेपालबाट परराष्ट्र र श्रममन्त्री सहितको टोलीलाई सहभागी गराउने गरि समन्वय भइरहेको मध्यपूर्व संयोजक आर.के शर्माले जानकारी दिनुभयो ।
एनआरएनएले हरेक दुई वर्षमा विभिन्न क्षेत्रीय समितिको भेला गर्दै आएको छ । युएईले दोस्रो पटक क्षेत्रीय भेला गर्ने अवसर पाएको हो ।
यसअघि २०११ मा युएईले भेला आयोजना गरेको थियो । सन् २०१४ मा बहराइनको मनामा र सन् २०१६ को पाँचौं भेला कतारको दोहामा भएको थियो ।एनआरएनए आईसिसीको मध्यपूर्व अन्र्तगत कतार, युएई, बहराइन, ओमान, साउदी, कुवेत, ईराक, लेवनान, ईजरायल, यमन, इजिप्ट र सिरिया पर्छन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।