परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिपका लागि पुरस्कार रकमकाे घाेषणा गरेकाे छ । आईसीसीका अनुसार टेस्ट च्याम्पियनशिप २०२१–२३ का लागि ९ टिमलाई ३८ लाख डलर दिइनेछ ।
विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनल लन्डनकाे ओभल मैदानमा अस्ट्रेलिया र भारतबीच हुँदैछ । फाइनल खेल आउँदाे जुन ७ देखि ११ सम्म हुनेछ ।
फाइनल जित्ने टिमले १६ लाख डलर (२१ कराेड रुपैयाँभन्दा धेरै) पाउनेछ भने उपविजेताले ८ लाख डलर पाउनेछ । यस्तै वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे वरीयतामा तेस्राे स्थानमा रहेकाे दक्षिण अफ्रिकाले ४ लाख ५० हजार डलर पाउनेछ ।
वरीयताकाे चाैथाे स्थानमा रहेकाे इङ्ग्ल्यान्डले ३ लाख ५० हजार डलर र पाँचाैँ स्थानमा रहेकाे श्रीलङ्काले २ लाख डलर पाउनेछ ।
यस्तै न्युजिल्यान्ड (६), पाकिस्तान (७), वेस्ट इन्डिज (८) र बङ्गलादेश (९) ले १/१ लाख डलर पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।