महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले हरायो

 जेठ १८, २०८० बिहीबार ११:५९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले हराएको छ । जितसँगै नेपालले पाँच खेलको शृङ्खलामा २–१ को अग्रता बनाएको छ ।

बांगीमा आज भएको तेस्रो खेलमा जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्रै बनायो ।

उसका महिराह इजाती इस्माली सर्वाधिक ४४ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकिनन् ।

नेपालका कविता कुँवर, सीता राना मगर र इन्दु बर्माले समान एक/एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुवीना क्षेत्रीले सर्वाधिक २७ रन जोडिन । त्यस्तै ज्वोती पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए ।

मलेसियाकी निक नुर डीनले २ विकेट लिइन । त्यस्तै एलिसा फिर्दुज र विनफ्रिद आनीले समान एक/एक विकेट लिए ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो ।

श्रृंखला अन्तर्गत पर्सि शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल हुनेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया