'ए' डिभिजन लिग : पुलिसले एनआरटीलाई हरायो, फ्रेन्ड्स र हिमालयन शेर्पाले बराबरी खेले

 जेठ १८, २०८० बिहीबार २०:२२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले एनआरटीलाई १–० गोलले हरायो । पुलिसका लागि मोसेसले गोल गरे । जितसँगै पुलिस ३४ अङ्ककासाथ चौथो स्थानमा यथावत् छ । एनआरटी २९ अङ्ककासाथ दशौँ स्थानमा छ ।

आजै च्यासल मैदानमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका छन् ।

फ्रेन्ड्स २५ अङ्कसहित १३औँ स्थानमा कायमै छ । २९ अङ्क रहेको हिमालयन शेर्पा सातौँ स्थानमा छ । आजको तेस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले पुछारको एफसी खुमलटारलाई हराएको छ । बराबरीतर्फ गएको खेलको इन्जुरी समयमा गोल गरेर मनाङले महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भयो ।

मनाङ ३१ अङ्कसहित पाँचौँ स्थानमा छ । खुमलटार २४ अङ्क जोडेर पुछारमा छ । १४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया