नेपाल मलेसियासँग ४ विकेटले पराजित : पाँच खेलको श्रृंखलामा २/२ को बराबरी

 जेठ २०, २०८० शनिबार १२:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ ।

बांगीमा नेपालले दिएको ९७ रनको लक्ष्य पछ्याएको मलेसियाले अन्तिम बलमा ६ विकेट गुमाएर भेट्टायो । योसँगै पाँच खेलको श्रृंखलामा २–२ को बराबरी भएको छ । मलेसियाको जितमा ओपनर विनीफ्रेड आनी दुराईसिंघमले सर्वाधिक ३८ रन बनाइन् । महिराह इजाती इस्माली १६ रनमा तथा कप्तान मास एलिसा १३ रनमा आउट भइन् । नेपालका लागि कविता जोशी, रुविना क्षेत्री, सीता रानामगर र कविता कुँवरले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु वर्माले ३२ रन बनाइन् । बिन्दु रावलले २४ रन जोडिन् । घरेलु टोलीका लागि विनिफ्रेड दुराईसिंघमले ३ तथा एसा इलिसा र महिराह इज्जाती इस्माइलले समान १/१ विकेट लिए ।

पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो र तेस्रो खेल जितेको थियो । नेपाल दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । श्रृंखलाको अन्तिम तथा निर्णायक खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया