आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ । हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीका इल्केए गुन्डोगानले दुई गोल गरे ।
युनाइटेडका ब्रुनो फर्नान्डेसले एक गोल फर्काए । वेम्बलीमा खेलको पहिलो मिनेटमा नै गुन्डोगानको गोलबाट सिटीले अग्रता बनाएको थियो । ३३औँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गरी खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर खेलको ५१औँ मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल हुन सकेन । सिटीको यो सिजनको दोस्रो उपाधि हो ।
यसअघि सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ । अब सिटीले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ । जुन ११ तारिखमा हुने खेलमा इन्टर मिलानलाई हराउन सके सिटीले तीन वटा उपाधि जित्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।