एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा डेङ्गी सङ्क्रमण देखिएकाे छ । शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरिन्टेनडेन्ट डाक्टर ओमप्रकाश थापा मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये जिल्ला अस्पतालमा उपचारपछि पाँच जना घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । एक जना ८० वर्षीय वृद्धकाे भने अस्पतालमा उपचार भइरहेकाे डा. थापामगरले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालका अनुसार धरान, विराटनगर र झापाबाट ताप्लेजुङ आएकाहरूमा डेङ्गी सङ्क्रमण पुष्टि भएको हो । कोही तराईतिर रहँदै सङ्क्रमित भएर आएका र केहीमा पछि डेङ्गी सङ्क्रमण देखिएको पाइएको अस्पतालले जनाएको छ । हिमाली जिल्लामा समेत डेङ्गी सङ्क्रमित फेला पर्नु सामान्य नभएको डा. थापा मगरको भनाइ छ ।
फुङलिङ नगरपालिका–६ का ८६ वर्षीय कृष्णप्रसाद आचार्यलाई लामखुट्टे भन्ने अहिलेसम्म थाहा थिएन । अहिले लामखुट्टेले सुत्नै दिन छाडेको उहाँले गुनासाे गर्नुभयाे ।
डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । एक्कासी ज्वरो आउने, थकान महसुस हुने, टाउको, माङ्सपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरू हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुाडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।