ताप्लेजुङमा जीप दुर्घटना हुँदा १३ जना घाइते

 असोज ९, २०८० मंगलबार ११:४७:४३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङकाे पाथीभरा याङवरक-३ तिरिङ्गेबाट पाथीभरा दर्शनका लागि छुटेकाे जीप दुर्घटना भएकाे छ । मे १ ज २१८६ नम्बरको जीप सडकबाट खसेकाे हाे । दुर्घटनामा १३ जना घाइते भएका छन् । 

घाइते हुनेमा याङवरक-३ तीरिङ्गेका जीप चालक २१ वर्षका भक्त कार्की, ७० वर्षका धनबहादुर डाँगी, ६२ वर्षकी फुलमाया बस्नेत, ३५ वर्षकी निर्मला बस्नेत, २२ वर्षका कर्णबहादुर भट्टराई, ३० वर्षकी विमला डाँगी, ६ वर्षकी युनिसा बस्नेत, ४ वर्षकी सोस्तीका बस्नेत रहेका छन् । 

त्यस्तै, तिरिङ्गेकै ४१ वर्षका ललित भट्टराई, २२ वर्षका कुमार भट्टराई, ३७ वर्षका मानबहादुर भट्टराई,  ३८ वर्षका चन्द्रबहादुर भट्टराई र झापा बाह्रदशी गाउँपालिका वडा नं. २ बस्ने ४१ वर्षका कर्णबहादुर कार्की रहेका प्रहरीले जानकारी दिएकाे छ । 

घाइतेहरुकाे जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेकाे छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया