अर्घा भगवती मन्दिरमा धार्मिक पर्यटकको संख्यामा वृद्धि

 कात्तिक ९, २०८० बिहीबार १९:१४:३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ । बडादशैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा कोजाग्रत पूर्णिमाको दिनसम्म देवी भागवत, वेद पाठ पारायण तथा दूर्गा शप्तसती पाठ भइरहेको पण्डित केशवराज आचार्यको भनाइ छ। दशैँको नवरात्रमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष विधिबाट पूजा गरिने पण्डित आचार्यको भनाइ छ ।

कोजाग्रत पूर्णिमाको दिन सराये नाच हुने गर्छ। अर्घाको सराये नाच देशभर प्रसिद्ध छ। अहिले यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवतीको मूर्ति प्रतिस्थापन गरिएको छ। अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको छ। मूर्तिमा सेल्फी खिच्ने पनि बढेका छन् ।

मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । दरबार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ । लिच्छवीकालदेखि नै दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आइहेको मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसालको भनाइ छ ।

लुम्बिनीमा आएका पर्यटकहरू तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकहरूलाई सदरमुकाम सन्धिखर्कहुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवतीको मूर्ति स्थापना गरिएको हो। सन्धिखर्क नगरपालिकाका पूर्व मेयर कमलप्रसाद भुसालले मूर्ति स्थापना गर्न पहल गर्नुभएको हो ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुँगा र प्युठानको स्वर्गद्वारीमा आएका पर्यटकहरूलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया