एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – यस वर्षको हिउँदयाममा औसतको २१ प्रतिशतमात्रै पानी परेकाे छ । नेपालमा डिसेम्बर १ देखि फेब्रुअरी २९ तारिख अर्थात् मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको तीन महिनालाई हिउँदयाम मानिन्छ ।
हिउँदयाममा औसतमा ६० दशमलव एक मिलिमिटर पानी पर्नुपर्नेमा यो वर्ष १२ दशमलव पाँच मिलिमिटरमात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गएको वर्ष बितेका ३० वर्षमै सुक्खा हिउँद भएकोमा यो वर्ष गएको वर्षको १२ दशमलव नौ मिलिमिटरभन्दा पनि कम वर्षा भएको हो ।
विभागले यो वर्षको हिउँदमा औसतभन्दा धेरै पानी पर्ने अनुमान गरेको थियो । यस वर्ष नेपालमा हिउँदे वर्षा गराउने प्रणाली भूमध्य सागरबाट उत्पत्ति भए पनि जलवाष्पसहितको वायुलाई नेपालसम्म ल्याइपुर्याउने अर्को प्रणाली सक्रिय नभएका कारण कम पानी परेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।
यस वर्षको हिउँदमा देशभरि औसतको तुलनामा कम पानी परेकोमा पश्चिमको तुलनामा पूर्वी तराईमा कम पानी पर्याे । नेपालमा पछिल्ला वर्षहरूमा हिउँद सुक्खा हुन थालेकाे विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।
२०६२ सालपछिका छ हिउँदमा मात्रै सरदरभन्दा बढी पानी परेको छ । यसपालि हिउँदे वर्षा कम हुँदा हिउँदे बाली सप्रिन पाएन । खोलानालामा पानीको बहाव समेत घट्दा बिजुली उत्पादन घटेको विद्युत् उत्पादकहरूले बताएका छन् ।
हिउँदमा वर्षा कम हुँदा पानीका स्रोतहरू सुक्ने, जमिन सुक्खा बन्ने लगायतका समस्या हुने मौसमविद् पोखरेल बताउनुहुन्छ । यस्तै हिउँदमा पानी कम पर्दा डढेलोको जोखिम पनि धेरै हुन्छ । यस्तै वायु प्रदूषण बढ्नेलगायतका कारण मानिसको स्वास्थ्यमा पनि नकारात्मक असर गर्ने विज्ञहरू बताउँछन् ।
नेपालमा आजदेखि प्रि–मनसुन शुरु भएको छ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मे गरी तीन महिनासम्म रहन्छ । प्रि–मनसुनमा दिउँसोपख मेघगर्जनरचट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ । यस्तै अबका तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन माैसमविद्काे आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।