बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – यो वर्षको कोरियन भाषा परिक्षा आज सकिएको छ । शनिबार र आइतबार भएको परीक्षामा ७४ हजार ८ सय ६६ जनाले परीक्षा दिएका छन् ।
८२ हजार २ सय ६४ जनाले फारम भरेकामा ७ हजार ३ सय ९८ जना परीक्षामा उपस्थित भएनन् । काठमाडौं र पोखरामा सञ्चालन भएको परीक्षामा शनिबार र आइतबार गरी २ सय ४७ जना नक्कली परिक्षार्थी पक्राउ परेको ईपीएस कोरिया शाखाले जनाएको छ ।
परीक्षाको नतिजा असार १६ गते आउने छ । कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित गर्ने मिति पहिल्यै निर्धारण गरिएको हुन्छ । यस वर्ष कोरियाले ७ हाजर १ सय लैजाने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।