पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – दुई हप्ता जति भयो, म नेपाल आएको । दुई महिनापछि फर्किनुपर्ने हो । तर अहिले अरु देशरुमा जस्तै कोरिया जान पनि बन्द छ । म जाने बेलासम्म खुल्छ कि खुल्दैन थाहा छैन । शायद खुल्छ होला ।
आखिर कोरोनाको जोखिम कोरियामा मात्र होइन विश्वभर नै छ । तर धेरै पछि घर आउन पाउँदा भने निकै खुसी लागेको छ ।
कोरोनाको डर त कोरियामा पनि उस्तै हो । तर उता सुरक्षाका उपायहरु धेरै छन् । कोरिया सरकारले यति धेरै प्रयास गरेको छ कि खाने कुरादेखि अत्यावश्यक सबै वस्तुहरु उपलब्ध छन् । केही कुराको पनि कमी हुन दिएको छैन र दिंदैन पनि ।
बरु यता अहिले नै बजारमा सामानहरुको अभाव हुन थालिसक्यो । मास्क समेत पाईंदैन । ग्यास पनि अभाव हुन थाल्यो भन्ने सुनिन्छ । जताततै कालोबजारी चल्दै छ ।
यहाँ कोरोना भित्रिसकेको छैन तर पनि आजै देखि यस्तो अभाव हुँदैछ । कोरोनाको संक्रमण भइहाले कस्तो अवस्था होला ? कोरियामा हजारौँलाई संक्रमण भइसक्यो तर केही चिजको पनि अभाव छैन । यो अवस्थामा झन् भनेको सामानसजिलै उपलब्ध हुन्छ ।
कोरियामा यहाँको जस्तो कालोबजारी हुदैन । त्यहाँको सरकारले उपभोक्ताको जिम्मा लिन्छ । यस्तो भैपरी तथा विपत्ति आएमा नागरिकलाई सरकार छदैछ नि भन्ने विश्वास छ ।
म दिल्लीमा कुकको काम गर्थेँ । त्यहीँबाट म कोरिया आएँ । कोरियाको राजधानी शोलमा एउटा भारतीय रेस्टुरेन्टमा कुकको काम गर्छुँ । त्यहाँ काम गर्न थालेको १२ वर्ष भयो । आफ्नै ठाउँजस्तै लाग्छ ।
कोरोनाले त्यहाँको थेगु भन्ने ठाउँमा अलि बढी असर गरेको भन्ने सुनिन्छ । म बस्ने ठाउँबाट तीन सय किलोमिटर टाढा पर्छ । तर त्यहाँ रहेका साथीहरु आफू एकदमै सुरक्षित भएको बताउँछन् । मेरो धेरै साथीहरु त्यस ठाउँमा काम गर्छन् । उनीहरुलाई काममा जान दिएको छैन । तर केही कुराको अभाव पनि हुन दिएको छैन ।
कोरियामा रहनुभएका साथीहरुले त नेपाल भन्दा यतै ठिक छ भन्छन् । उनीहरुले हामीहरु यतै सुरक्षित छौँ भन्दैछन् । त्यहाँको सरकार जिम्मेवार छ नि त । कोरियन सरकारले त्यहाँ काम गर्ने श्रमिकहरुसँग आफ्नो–पराई गर्दैन । त्यहाँ भएका सबै देशका नागरिकलाई आफ्नो नागरिक सरह ध्यान दिएको छ ।