पालिका उपचुनाव : बिहानैदेखि मतदाताको उत्साहजन सहभागिता (फो...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – बङ्गालको खाडीमा रहेको चक्रवात फेनजलको आंशिक प्रभावका कारण दिउँसो कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा सामान्य बदली हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
दिउँसो गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा सामान्य हिमपातको सम्भावना छ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभावसँगै फेनजल चक्रवातको आंशिक प्रभाव रहेको हो ।
अहिले तराईका केही ठाउँमा हुस्सु लागेको र बाँकी सबैजसो ठाउँको मौसम सफा रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा सामान्य बदली र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा सामान्य हिमपातको सम्भावना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।