काठमाण्डाै उपत्यकाबाट हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेल...
मंसिर १३, २०८१ बिहिबार
मैले आफ्नो कथा लेख्दै गर्दा रातिको १२ बजेर ३० मिनेट गएको छ । तर पनि निद्रा लागेको छैन । यो कठिन समयमा परदेशको ओछ्यानमा पल्टिएर सम्झिरहेछु आफ्नै देश ।
म हिमालय एयरलाइन्समार्फत कतारको हमाद इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको आज ठ्याक्कै एक महिना भयो । परिवार चलाउनका लागि यो परदेशी भूमीमा आएको थिएँ ।
नेपालमा हुँदा खुबै सुनिएको थियो कोरोनाको बारेमा । तर खासै फरक परेन । तर विदेश आएको दिनदेखि मेरो मन मस्तिष्कमा जति बेला पनि कोरोनाकै कुरा खेल्ने गर्छ ।
काममा जाँदा आउँदा मात्रै सीमित रहेन ड्युटीको समयमा स्क्रिनमा देखिएका समाचारले साह्रै बिचलित बनाउँछ । झन फुर्सद भयो भने त कुनै नगरौं । घण्टा घण्टाको फरकमा योग गर्ने गरेको छु ।
तर पनि समाचार र सामाजिक सञ्जालका अनेकौं पोस्टहरुले मन गाँठो पर्छ । यो बेलामा म कसैलाई सहयोग गर्न सक्दिनँ र अरुले पनि मलाइ सहयोग गर्न सक्दैनन् । अहिलेको अवस्थामा विश्व नै त्रसित छ ।
हाम्रो त के कुरा ? हामी नेपाल फर्केर आउन सक्ने सहज अवस्था पनि छैन । यो अवस्थामा पनि परिवारबाट टाढा छु । दिमाग खाली छ । केही सोच्न सकिने अवस्था नै छैन । बाहिर निस्कन पाइँदैन ।
खाना र बस्नको लागि कम्पनीले दिए पनि रात दिन बिताउन गाह्रो छ । आखिर आफ्नो देश भनेको आफ्नो नै हो भन्ने लाग्छ । नेपालको बिग्रिएको राजनैतिक यात्राले हामी जस्तो कयौं पुस्ताले यो अरबको खाडीमा जिन्दगी बिताउन पर्ने भो । सम्झँदा पनि रीस उठेर आउँछ । हाम्रो देशमा रोजगारी सिर्जना गर्ने दिगो उपायको अत्यन्त जरुरी छ ।
देशमै रोजगारी पाएको भए आज यो दुःखको घडीमा परदेशमा एक्लै हुन पर्दैन थियो । म मात्र हैन, अहिले लाखौं नेपालीहरु संसारका विभिन्न देशमा यो कठिन परिस्थितीको सामना गरिरहनुभएको छ । म अहिलेसम्म ठिक छु । घरमा पनि सबैलाई म सुरक्षित र सञ्चै छु भन्न चाहान्छु । सबैलाई सुरक्षित रहन आग्रह पनि गर्छु ।
Janak paudel
April 2, 2020, 6:40 a.m.जति पैसा विदेश जाने बेला लगानी गर्नुभएको थियो त्यसको आधा पैसा ले नेपालमा ठेला किनेर चटपट र पानी पुरी बेचेको भए पैसा पनि मनग्ये कमाउनुहुन्थ्यो होला नि नेपालमा काम गर्न लाज मान्ने अनि सरकारलाई दोष दिने।सोच बदलौं।
Sunita
April 1, 2020, 7:52 p.m.यि युवाहरुको दर्दनाक पीडा सरकारले बोध गर्छ गर्दैन हेरौं
Madhav
April 1, 2020, 3:28 p.m.सरकार ले रोजगारीको सुनिस्चितता गर्नुपर्छ ।बिदेश पुगेकाहरुको जिवन रक्षा सहित सम्झ्यौता आवधी भर कम्तिमा काम पाउने वातावरण सृजना हुनु पर्छ ।कोरोनाले कम्तिमा युवा विदेश पलायन हुन पर्दाको पिडा बोध गराउन पर्छ ।कृषिमा मात्र आत्मानिर्भर हुनेहो भने आधा भन्दा बढी युबाहरु स्वदेशी माटोमा रमाएका हुन्थे ।