यूएईले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध लम्ब्यायो

 असार १३, २०७८ आइतबार ११:३०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध लम्ब्याएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै यूएईले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका १३ देशमा लगाएको उडान प्रतिबन्ध आउँदो जुलाई २१ सम्मका लागि लम्ब्याएको हो ।

तर कार्गो, बिजनेस र चार्टर्ड उडानका लागि भने यूएईले अनुमति दिने जनाएको छ । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि यूएईले नेपालबीच हुने व्यवसायीक उडानमा प्रतिबन्ध लगाएको हो । 

नेपालले भने यूएईसँगको उडान खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  उडान तालिका समेत सार्वजनिक गरेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोक्दा यूएईमा रोकिएका नेपालीहरू स्वदेश फर्कन पाए पनि यूएईले लगाएको प्रतिबन्धका कारण नेपाली श्रमिक भने यूएई जान पाउने छैनन् ।

यूएईले मान्यताप्राप्त खोपको दुवै डोज अनिवार्य लगाएको हुन पर्ने नियम बनाएको छ । तर नेपालमा अहिले खोप पर्याप्त नहुँदा वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले लगाउन पाएका छैनन् ।

1 Comments

  • Deepak bhusal

    June 27, 2021, 8:02 p.m.

    वैदेशिक रोजगारी जाने श्रमिकको लागि खोप को ब्यवस्थापन गरि दिन नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालय लाई हादिक अनुरोध छ।वैदेशिक रोजगारदाताले देश ले खोप अनिवार्य को नीति लियेको हुदा धेरै नेपाली श्रमिक येस बाट प्रभावित हुने निश्चिति भयेको हुदा बेलैमा नेपाल सरकारले येस तर्फ ध्यान दिनु अनिवार्य देखिन्छ ।

तपाईको प्रतिक्रिया