काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन

 मंसिर १८, २०८१ मंगलबार ८:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । बिहान पौने ६ बजे न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । हिजो ७ डिग्री सेल्सियस मापन भएको थियो ।

यसैबीच, आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा हल्का हुस्सु लागेको छ । बाँकी भागमा भने मौसम मुख्यतया सफा रहेको छ । आज कतै पानी तथा हिमपातको सम्भवना नरहेको मौसमविद् अर्यालले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया