काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै - मलेसियामा रहेको नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ ।
नेपाली श्रमिकहरु कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताउनुभयो । क्वालालम्पुरबाट झण्डै चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले हिजो अस्थायी घुम्ती सेवाको उद्घाटन गर्नुभयो ।
गैरआवासीय नेपाली सङ्घलगायत नेपाली सङ्घ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो । एक हजारभन्दा धेरै नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानी सम्बन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानी सम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरु प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ ।