नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कार्यक्रम देश परदेशको अङ्क ५९३
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू सहज रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सक्ने गरी गरिएको पछिल्लो व्यवस्था र कोषमा सहभागी भएपछि पाउने सेवा सुविधामा केन्द्रित छ । वैदेशिक रोजगारीमा रहेकाहरू सामाजिक सुरक्षा कोषमा सहज रूपमा सहभागी हुन सक्ने गरी गरिएको पछिल्लो व्यवस्थासँगै विदेशबाटै आइएमइ रेमिटमार्फत रकम जम्मा गर्न सकिने प्रावधानबारे कोषका निर्देशक डा. रोशन कोजुले दिनुभएको जानकारी कार्यक्रममा सुन्न सकिन्छ । कोषमा आबद्ध भएर रकम जम्मा गर्न थालेपछि श्रमिकहरूले कस्तो सेवा सुविधा पाउँछन् त ? कोषकै सूचना अधिकारी उत्तमराज नेपालसँग गरिएको कुराकानी पनि कार्यक्रममा समावेश छ । साथमा छ, रोजगार अनुमति प्रणाली इपिएसमार्फत दक्षिण कोरिया रोजगारीमा गएकाहरू कोषमा सहभागी हुने प्रक्रियाको कुरा र तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर सँगै हप्ताभरीका राेजगार गतिविधि पनि ।