एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो पहिलो विद्युतीय गाडी (ईभी) सार्वजनिक गरेकाे छ । साओमीको पहिलो विद्युतीय कार एसयू–सेभेन आज सार्वजनिक गरेकाे र अर्डर लिन पनि शुरु गर्ने बीबीसीले जनाएको छ ।
साओमीका प्रमुख कार्यकारी लेई जुनले गएको हप्ता स्पीड अल्ट्रा ७ (एसयू–सेभेन) कारको मूल्य पाँच लाख युआन अर्थात् ६९ हजार १ सय ८६ अमेरिकी डलरभन्दा कम हुने बताएका थिए । शाओमीको यो कदमले टेस्ला र बीवाईडीजस्ता प्रतिस्पर्धीलाई टक्कर दिने खबरमा उल्लेख छ ।
विश्वभर विद्युतीय गाडीको बिक्री सुस्त भएर ‘मूल्य युद्ध’ शुरु भएको समयमा विद्युतीय कार बजारमा साओमीको प्रवेश भएको हो । फोन, ल्यापटप र अन्य उपकरणसँग एसयू–सेभेनको साझा परिचालन प्रणाली ग्राहकले मन पराउने कम्पनीको विश्वास छ ।
अनुसन्धानकर्ता कम्पनी 'काउन्टरप्वाइन्ट' का अनुसार साओमी झन्डै १२ प्रतिशत बजार हिस्सासहित स्मार्टफोन बेच्ने विश्वको तेस्रो ठूलो कम्पनी हो । यो सूचीको पहिलो नम्बरमा अमेरिकी कम्पनी एप्पल र दोस्रो नम्बरमा दक्षिण कोरियाको कम्पनी सामसङ छ ।
साओमीको एसयू–सेभेनको तुलना पोर्शेको टेकन र पानामेराको स्पाेर्ट्स कार मोडलसँग तुलना गरिएको छ । यो कारलाई बेइजिङको राज्यको स्वामित्वमा रहेको कार निर्माता बीएआईसी समूहले बनाउनेछ जसले हरेक वर्ष दुई लाख सङ्ख्यामा कार उत्पादन गर्न सक्नेछ ।
विद्युतीय गाडी बनाउन चाहना राख्ने प्राविधिक कम्पनीहरूले सामना गर्ने चुनौतीलाई सङ्केत गर्दै आईफोन निर्माता एप्पलले गएको महिना कम्पनीले विद्युतीय गाडी निर्माण गर्ने योजना रद्द गरेको खबरमा उल्लेख छ ।
साओमीले आउँदो १० वर्षमा गाडी व्यवसायमा १० बिलियन डलर लगानी गर्ने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।