एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
तालिबान सरकारले अफगानी महिलाहरूलाई 'मिडवाइफ' अर्थात् दक्ष प्रसूतिकर्मी र नर्सिङको पढाइमा प्रतिबन्ध लगाएको छ । सत्तामा आएयता महिलाहरूविरुद्ध लगातार आदेश दिँदै आएको तालिबानले दक्ष प्रसूतिकर्मी र नर्सिङको पढाइ गरिरहेका महिलाहरूलाई कक्षामा नफर्किन भनेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार अफगानिस्तानमा महिलाहरूका लागि शिक्षाका दुई वटा अन्तिम माध्यम थिए जुन अहिले तालिबान सरकारले बन्द गरिसकेको छ । अफगानिस्तानका पाँच वटा छुट्टाछुट्टै संस्थाहरूले पनि अर्काे सूचना नभएसम्म सेवा बन्द गर्न आफूहरूलाई निर्देशन दिइएको बताएका छन् ।
अनलाइनमा साझा गरिएका भिडियोहरूमा रोइरहेका देख्न सकिन्छ । यद्दपि बीबीसीले तालिबान सरकारको स्वास्थ्य मन्त्रालयसँग आधिकारिक रूपमा आदेशको पुष्टि गरेको छैन ।
तालिबान सरकारले पाठ्यक्रम ‘इस्लामिक’ भएको सुनिश्चित गरेपछि शिक्षा शुरू गर्ने वाचा गरे पनि सन् २०२१ देखि किशोर–किशोरीहरू शिक्षाबाट वञ्चित छन् ।
यसैबीच अफगानिस्तानको स्वास्थ्य सङ्कट झन् बिग्रँदै गएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ मा अफगानिस्तानलाई देशको आवश्यकता पूरा गर्न थप १८ हजार जना दक्ष प्रसूतिकर्मी आवश्यक रहेको बताएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।