म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

 वैशाख ३०, २०८१ आइतबार ७:१५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । हिजो भएको पहिलो खेलमा फुलहमलाई ४–० को फराकिलो अन्तरले हराउँदै साविक विजेता सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । सिटीका जोस्को ग्वार्डीओलले दुई तथा फिल फोडेन र जुलियन अल्भारेजले एक–एक गोल गरे ।

जितसँगै सिटीको ३६ खेलमा ८५ अङ्क भएको छ । लिगमा बाँकी दुई खेलमा जित हासिल गरे सिटीले उपाधि जित्नेछ । दोस्रो स्थानमा रहेको आर्सनलले कुनै एक खेलमा हार बेहोरेको अवस्थामा भने सिटीले एक जित पछि नै लिग उपाधि उचाल्नेछ ।

दोस्रो स्थानमा रहेको आर्सनलको ८३ अङ्क छ । अरू खेलमा एभर्टनले शेफिल्ड युनाइटेडलाई, वेस्टह्यामले लुटन टाउनलाई, ब्रेनफोर्डले बर्नमाउथलाई, क्रिष्टल प्यालेसले उल्भ्सलाई, टोटनहमले बर्नलीलाई र चेल्सीले नटिङघम फरेस्टलाई हराएको छ । न्युक्यासल र ब्राइटनले एक–एक गोलको बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया