ललितपुर मेयर्स कप क्रिकेटमा सुदूरपश्चिम र एपीएफकाे विजयी शुरुवात

 वैशाख ३०, २०८१ आइतबार १८:५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुवात गरेका छन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले ललितपुर मेयर्स–११ लाई डकवर्थ लुइस नियमका आधारमा १६ रनले हरायो । ११ ओभरमा ६२ रनको लक्ष्य पछ्याएको ललितपुरले ११ ओभरमा २ विकेट गुमाएर ४५ रन बनाएको अवस्थामा पानी परेर खेल हुन सकेन । ललितपुरकी कप्तान पूजा महतोले नट आउट १४ रन बनाइन् । सुदूरपश्चिमकी जानकी थापा र ऋतु कनौजियाले समान १ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनायो । सुदूरपश्चिमकी कप्तान विन्दु रावलले ३० रन बनाइन् । ललितपुरकी आरती महतो र कृतिका मरासिनीले समान २ विकेट लिइन् । यो जितसँगै सुदूरपश्चिम २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । ललितपुर २ खेलमा २ अङ्कसहित तेस्रो स्थानमा छ ।

आजै कीर्तिपुरमा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई २४ रनले हरायो । वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङ गरेको एपीएफले ५ ओभरमा ३ विकेट गुमाएर ५६ रन बनायो । एपीएफकी इन्दु बर्माले नट आउट ३८ रन बनाइन् । कोशीकी एलिशा खडिया र हिरनमाई रोयले समान १ विकेट लिइन् ।

५७ रनको लक्ष्य पछ्याएको कोशीले ५ ओभरमा २ विकेट गुमाएर ३२ रनमात्र बनाउन सक्यो । कोशीकी कप्तान अप्सरी बेगमले नट आउट २५ रन बनाइन् । एपीएफकी सीता राना मगरले १ विकेट लिइन् ।

यो जितसँगै २ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कोशीको पनि यो पहिलो खेल हो ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया