गाेरखामा 'ट्र्याक' खुलेको ३६ वर्षपछि सडक कालोपत्र

 वैशाख ३१, २०८१ सोमबार १५:२१:१२ | रासस
unn.prixa.net

फाइल फाेटाे

गोरखा – गोरखा नगरपालिकाको मानेपानीदेखि स्वाँरा–नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने सडक ट्र्याक खुलेको झन्डै ३६ वर्षपछि कालोपत्र भएको छ । २०४५ सालमा ट्र्याक खुलेको १० किलोमिटर सडक खण्डमा 'प्रिमिक्स' प्रविधिको कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर दीपक बस्नेतले जानकारी दिनुभयो ।

नारेश्वर–निवेल–ताकुकोट सडक आयोजनाको पहिलो खण्डमा पर्ने याे सडक खण्ड कालोपत्रका लागि २५ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७६ सालमा याे सडक खण्ड कालोपत्र गर्न कार्यालयले रौताह–पिके–गोरखा जेभीसँग सम्झौता गरेको उहाँले बस्नेतले बताउनुभयो ।

सम्झौताअनुसार दुई वर्षअघि नै याे सडक खण्ड कालोपत्रको काम भइसक्नुपर्ने भए पनि ढिलोगरी काम सम्पन्न भएको इन्जिनियर बस्नेतले बताउनुभयो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले विनियोजन गरेको बजेटमार्फत सडक कालोपत्र गरिएको उहाँको भनाइ छ ।

बर्खाका बेला हिलाम्य र हिउँदका बेला धुलाम्य हुने सडक कालोपत्र भएपछि स्थानीयलाई आवतजावतमा सजिलो भएको छ । सडक कालोपत्र भएपछि यात्रा अवधि पनि छोटिएको, यात्रा सहज, सुरक्षित भएको, हिलो र धुलोबाट मुक्ति मिलेको गोरखा–३ नारेश्वरका स्थानीय कुमार थापाले बताउनुभयो । त्यस्तै स्थानीय कृषिउपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया