उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
गाजामा गरिरहेको आक्रमणलाई लिएर इजरायली रक्षामन्त्री योव ग्यालेन्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको आलोचना गर्नुभएको छ । रक्षामन्त्री ग्यालेन्टले गाजामा युद्धपछि सरकारसँग के योजना छ भन्ने प्रश्नको जवाफ प्रधानमन्त्रीबाट पाउन नसकेको बताएका बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री नेतान्याहुले गाजामा सैन्य शासन नलगाउने विषय सार्वजनिक रूपमै घोषणा गर्नुपर्ने पनि रक्षामन्त्री ग्यालेन्टलेले बताउनुभएको छ । आफूले गएको अक्टोबरदेखि मन्त्रिपरिषद्को बैठकमा यस्तै प्रश्नहरू उठाउँदै आएको तर कुनै जवाफ नपाएको रक्षामन्त्रीले गुनासो गर्नुभएको खबरमा उल्लेख छ ।
‘युद्ध मन्त्रिपरिषद्’ का अर्का मन्त्री बेनी ग्यान्ट्ज पनि रक्षामन्त्री ग्यालन्टसँग सहमत हुनुभएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा गएको अक्टोबर ७ तारिखदेखि अहिलेसम्म इजरायलको आक्रमणबाट ३५ हजार जनाभन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।