यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिका–१६ काे वडाध्यक्षमा निर्वाचित राेजिना श्रेष्ठले शपथ ग्रहण गर्नुभएकाे छ । श्रेष्ठलाई आज महानगरपालिकाका मेयर बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
यही मङ्सिर १६ गते सम्पन्न पालिका उपचुनावमा काठमाण्डाै महानगरपालिका–१६ बाट निर्वाचित श्रेष्ठलाई आज महानगरपालिकाको कार्यकक्षमा आयोजित कार्यक्रममा शाहले शपथ गराउनुभएको हो ।
काठमाण्डाैकाे ठमेल, नयाँबजार, बालाजु क्षेत्र समेटिएको १६ नम्बर वडाको २१ हजार २५ मतदातामध्ये १० हजार तीन सय ७६ मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएकी क्षेष्ठ दुई हजार नौ सय दुई मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डङ्गोल, प्रवक्ता नवीन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थिति हुनुहुन्थ्यो । शपथपछि वडाध्यक्ष श्रेष्ठले आज नै पदबहाली गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।