गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा...
मंसिर १८, २०८१ मंगलबार
इटालीको लेक कोमोमा विवाह गरेपछि अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह भारत फर्किएका छन् ।
भारतको मुम्बईमा रहेको रणवीर सिंहको घर भवनानी निवासमा नव दम्पतीलाई भव्य रुपमा स्वागत गरिएको छ ।
भारत फर्किएका नवदम्पतीलाई भारतको एयरपोर्टदेखि नै मिडियाले पछ्याएका थिए । एक अर्काको हात समात्दै एयरपोर्टमा मिडियासामु देखिएका दीपिका रणवीर निकै सुन्दर र खुशी देखिएका थिए । दुवैले मिडियासँग आफ्नो खुशी साटासाट गरेका थिए ।
रणवीर सिंह कुर्ता पाइजामा, रातो ज्याकेट र जुत्तामा ठाँटिएका थिए भने दीपिका पादुकोणले पारम्पारिक कुर्ताका साथ रातो रंगको पछ्यौरा आढेकी थिइन् । साथै सिउँदोमा रातो सिन्दुर, घाँटीमा मंगलसुत्र लगाएकी दीपिका निकै सुन्दर देखिएकी थिइन् ।
दीपिका र रणवीरसँगै रणवीर सिंहका बुवाआमा जगजीत सिंह भवनानी र अन्जु भवनानी पनि साथमै आएका थिए । आज दीपिकालाई रणवीरको घरमा गृह प्रवेश गराइँदैछ ।
भवनानी निवासमा नयाँ दुलाहा–दुलहीलाई भव्य स्वागत गरिएको छ । दीपिकाको नयाँ घर अर्थात रणवीर सिंहको अभिभावकको घर भवनानी निवासबाट दीपिका–रणवीरले मिडिया तथा आफ्ना फ्यानहरुलाई अभिवादन गरेका थिए ।
भारत फर्किएपछि दीपिका–रणवीरले ३ वटा भव्य रिसेप्सन पार्टीको आयोजना गर्नेछन् । यही नोभेम्बर २१ मा दीपिका पादुकोण हुर्किएको स्थान बैंङ्गलोरमा भव्य रिसेप्सन दिइनेछ भने मुम्बईमा रहेको ग्र्याण्ड हायात होटलमा नोभेम्बर २८ र डिसेम्बर १ मा रिसेप्सन राखिनेछ ।
त्यहाँ बलिउड जगतका अधिकांश हस्तीहरु उपस्थित भएर नव दम्पत्तीलाई शुभकामना दिनेछन् ।
याे पनि पढ्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।