उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
दुई दिने चीन भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो हार्बीनको भ्रमण गर्नुभएको छ । चीनको पूर्वीत्तर शहर हार्बीन भ्रमणका क्रममा पुटिनले अहिलेलाई युक्रेनको खार्किभ कब्जा गर्ने योजना नभएको बताउनुभएको छ । खार्किभ युक्रेनको दोस्रो ठूलो शहर हो । तर पुटिनले रुसको आफ्नै सुरक्षाका लागि ‘सुरक्षित क्षेत्र’ बनाउने उद्देश्यले रुसी फौजहरू पूर्वीत्तर खार्किभ क्षेत्रतर्फ बढिरहेका बताउनुभएको बीबीसीले जनाएको छ ।
रुसी सीमा नजिक पर्ने महत्त्वपूर्ण शहर भोभ्चान्स्कमा आक्रमणका घटना भइरहेका छन् । प्राविधिक र औद्योगिक केन्द्रका रूपमा रहेको खार्किभ क्षेत्र रुसी सीमादेखि झण्डै ३० किलोमिटर टाढा पर्छ । आफ्नो छिमेकी देश युक्रेनमाथि पूर्ण स्तरमा रुसले आक्रमण थालेको तीन वर्ष पुगेको छ ।
तत्काल आक्रमण रोकिने कुनै सङ्केत पनि देखिएका छैनन् । भ्रमणको पहिलो दिन अस्ति पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । दुई नेताबीच दुई देशबीचको महत्त्वपूर्ण सम्बन्ध तथा युक्रेनमा भइरहेका घटनक्रमबारे छलफल भएको थियो । पुटिन चीनमा पुगेकै बेला अमेरिकाले चीनले युरोप र रुससँग एकै समयमा राम्रो सम्बन्ध राख्न नसक्ने टिप्पणी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।