उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
इजरायलले प्यालेस्टाइन–इजिप्ट सीमा क्षेत्र दक्षिणी रफाहको अल–अवदा कब्जा गरेको छ । अल–अवदालाई रफाह शहरको प्रमुख ठाउँ मानिन्छ ।
याे क्षेत्र बैंक, सरकारी संस्था र व्यापारको दृष्टिकोणबाट महत्त्वपूर्ण छ । इजरायली सेनाले सीमाको दक्षिणी भागमा झन्डै आधा किलोमिटर क्षेत्र कब्जा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायली सेनाले रफाह शहरबाहेक उत्तरी र मध्य गाजामा पनि सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली आक्रमणबाट पछिल्लो २४ घण्टामा ४६ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको र एक सय १० जनाभन्दा धेरै घाइते भएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।