उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । भारतीय मौसम विज्ञान विभागले नरेला र मुङ्गेशपुरमा रहेका दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको एएफपीले जनाएको छ ।
मौसम विभागका अनुसार त्यहाँको तापक्रम सामान्य अवस्थामा भन्दा ९ डिग्री सेल्सियसयले धेरै हो । ३ करोडभन्दा धेरै जनसङ्ख्या रहेको दिल्लीमा गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको छ ।
सरकारी अधिकारीहरूले तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी दिएका छन् । भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भए पनि पछिल्ला वर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ ।
वर्षाैँकाे वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो हुने, बारम्बार हुने र तीव्र हुने गरेको जनाएको छ । भारतीय मौसम विज्ञान विभागले गर्मीले विशेषगरी शिशु, वृद्ध र दीर्घकालीन रोग भएकाहरूको स्वास्थ्यमा असर पार्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
यस्तै भारतको राजस्थानका धेरै ठाउँमा अधिकतम तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।