उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
इजरायलले यस वर्ष सन् २०२४ को अन्त्यसम्म गाजामा आक्रमण जारी राख्ने भएको छ । रफाहमा विद्रोही समूह हमासमाथि सैन्य कारबाही गरिरहेको इजरायलले गाजामा अझै सात महिना युद्ध जारी राख्ने सङ्केत गरेको बीबीसीले जनाएको छ ।
पछिल्लो समय विभिन्न मध्यस्तकर्ताको सहयोगमा युद्धविराम हुने चर्चाका बीच इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले सन् २०२४ लाई इजरायलको युद्ध मन्त्रीमण्डलले ‘लडाइँको वर्ष’ घोषणा गरेको बताउनुभएको छ । उहाँले गाजालाई पूर्ण रुपमा नष्ट नगरेसम्म आफ्नो लक्ष्य पूरा नहुने भन्र्दै युद्ध अन्त्य हुने आशामा शङ्का व्यक्त गर्नुभएको छ ।
हमासविरूद्धको कारबाही शुरु भएपछिको पहिलो पटक मध्य रफाहमा देखिएका इजरायली ट्याङ्कहरू अस्ति बुधवार दक्षिणी गाजा सहरतर्फ अगाडि बढेपछि यी प्रतिक्रिया आएका हुन् । आक्रमण रोक्न विश्वव्यापी दबाब बढ्दै जाँदा पनि इजरायलले आफ्नो सैन्य आक्रमण जारी राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।